अर्थ

सिटिजन्स बैंकको कल सेन्टर सेवा

सिटिजन्स बैंकले सिटिजन सपोर्ट कल सेन्टर सेवा सञ्चालन गरेको छ। अब उक्त बैंकका ग्राहकले ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्ने बैंकले जनाएको छ।

हालका लागी यो सेवा आठ घन्टा प्राप्त हुने बताइएको छ। पछि सेवाको समयावधि पनि थप्दै लगिने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ माघ २०७८ ०१:३३ सोमबार

सिटिजन्स बैँक बैंकिङसम्बन्धी जिज्ञासा