अर्थ

सिकर्मी संघ भक्तपुरमा पुनः ढुकुछु

भक्तपुर सिकर्मी संघको अध्यक्षमा पुनः विक्रम ढुकुछु चुनिएका छन्। संघको भक्तपुरमा भएको नवौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ढुकुछुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो।

संघको उपाध्यक्षमा रामसुन्दर सुवाल, सचिवमा पुन्यराम न्हुछे, सहसचिवमा कपिल दुवाल र कोषाध्यक्षमा सुनिल राजचल चुनिएका छन्। यस्तै सदस्यहरूमा श्रीप्रसाद तुइतुई, राजकुष्ण कोजु, विष्णुसुन्दर देसेमरु, केशव हाकुदुवाल र कृष्णगोपाल चौगुथी चुनिएका छन्।

सभा तथा अधिवेशनको उद्घाटन नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रीय सदस्य राजकृष्ण गोराले गरेका थिए। सम्पूर्ण सिकर्मी एक होऔं भन्ने नाराका साथ साधारणसभा तथा अधिवेशन भएको थियो।

प्रकाशित: १ माघ २०७८ ०२:०४ शनिबार

भक्तपुर सिकर्मी संघ