अर्थ

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीसँग अन्तर्क्रिया

शिवम् सिमेन्ट लिमिटेडले देशभरका तीन हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया सम्पन्न गरेको छ। देशका विभिन्न ५२ स्थानमा भएको सो कार्यक्रममा दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीको पाँच लाख रूपैयाँबराबरको जोखिम बिमासमेत गराएको कम्पनीले जनाएको छ।

निर्माणकर्मीलाई प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। अन्तर्क्रिया कार्यक्रममा सहभागी सबै निर्माणकर्मीका लागि पाँच लाख रूपैयाँबराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।

साथै ३ हजार ४५ जना निर्माणकर्मीलाई दैनिक कार्यमा आवश्यक पर्ने सामान, ब्याग, टिफिन बक्ससमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ पुस २०७८ ०१:३४ बुधबार

शिवम् सिमेन्ट लिमिटेड