अर्थ

भक्तपुरमा होन्डा बोनस एक्सचेन्ज अफर

भक्तपुरको लागि होन्डाको आधिकारिक बिक्रेता न्यू प्रखर इन्टरप्राइजेजले बुधबारदेखि तीनदिने होन्डा बोनस एक्सचेन्ज अफर ल्याएको छ। अफर अन्तर्गत सात हजार बोनस पाइने बताइएको छ।

साथै टेस्ट राइड गर्ने मौका पनि प्रदान गरिने कम्पनीका प्रबन्ध निर्देशक एवं भक्तपुर अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र खर्वुजाले जानकारी गराए। यो अवसरको सदुपयोग गर्न उनले ग्राहकलाई अनुरोध गरे। अफर शुक्रबारसम्म चल्ने उनले जानकारी दिए।

प्रकाशित: २२ पुस २०७८ ०४:३४ बिहीबार