अर्थ

बेमौसमी वर्षा: ७ करोड बढी काँचो ईटा नोक्सान

बेमौसमी वर्षाका कारण कपिलवस्तु रुपन्देही र नवलपरासी गरी ३ जिल्लाका ईटा उद्योगमा ७ करोड बढी काँचो ईटा नोक्सान भएको छ। गत पुस १४ गते परेको अबिरल बर्षाका कारण ३ जिल्लाका १ सय ७० ईटा उद्योगमा तयार गरिएको काँचो ईटा गलेर नोक्सान भएको हो।

कपिलवस्तु, रुपन्देही र नवलपासी गरी ३ जिल्लाको ईटा व्यवसायी संघका संयोजक थानेश्वर घिमिरेले अबिरल वर्षाले ८४ करोड बढी मुल्यका काँचो ईटा नोक्सान भएको दाबी गरे। ईटाको बीमा समेत नहुँदा आफूहरुले हरेक वर्षको वर्षाले नोक्सानी सहन बाध्य भएको गुनासो गरे।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ८ स्थित सेभेन स्टार ईटा उद्योगका संचालक रुक बहादुर भुसालले भने, ‘खुला ठाउँमा ईटा उत्पादन गर्नुपर्छ, वर्षाले हरेक वर्ष नोक्सानी गर्छ।’ जोखिमपुर्ण ब्यवसाय भएकाले आफूहरु भगवानको भरोसामा बस्न बाध्य भएको उनले बताए। शिवराज नगरपालिकामा रहेको लोकप्रिय ईटा उद्योग सञ्चालक तथा उद्योग बाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेर अली मियाले बर्षाले उद्योगमा ६ लाख बढी काँचो ईटा नोक्सान भएको बताए।

प्रकाशित: १७ पुस २०७८ १३:५६ शनिबार

बेमौसमी वर्षा