अर्थ

ढाका र अल्लोका वस्तु प्रदर्शनी स्थगित

आगामी पुस पहिलो साता काठमाडौं उपत्यकामा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीको सम्मेलन स्थगित गरिएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा आगामी पुस २ देखि ४ गतेसम्म प्रदर्शनी हुने पूर्वनिर्धारित कार्यक्रम थियो।

सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्वउपाध्यक्ष सुवर्ण कुमार श्रेष्ठको निधन भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रदर्शनी तथा सम्मेलन स्थगित गरिएको हो।

प्रदर्शनी तथा सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेका उद्यमीलाई केही सयमपछि हुने प्रदर्शनी तथा सम्मेलनमा सहभागी गराइने महासंघको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ मंसिर २०७८ ०२:५३ मंगलबार

ढाका र अल्लोका वस्तु प्रदर्शनी स्थगित नेपाल घरेलु तथा साना उद्योग महासंघ