अर्थ

यामाहा रेजेडआर १२५ एफआई माइलेज च्यालेन्ज

उच्चतम फ्युल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली आयोजना गरिएको छ।

उक्त स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउन एमएडब्लू इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता गर्दै आएको छ। बल्खुदेखि लाकुरी भञ्ज्याङसम्म (करिब १६ किलोमिटर) र्‍याली आयोजना गरिएको कम्पनीले जनाएको छ।

यसपटकको र्‍यालीको विजेता उज्वला घिमिरे (प्रतिलिटर ६१.४२ किमि) बनेकी छिन्। सुमन महर्जन दोस्रो र सुनिल लम्साल तेस्रो भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्युल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भएको कम्पनीको दाबी छ। बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म माइलेज प्रदान गर्ने यो एक्लो स्कुटर हो। 

प्रकाशित: २० मंसिर २०७८ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App