अर्थ

अब बैंकबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट भुक्तानी हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन्। नेपाल क्लियरिङ्ग हाउसले बिहीबार नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक थालनी गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी विकास हुने बताएका हुन्।

गभर्नर अधिकारीले अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर–आबद्धता कायम हुने बताए।

नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यले नेशनल पेमेन्ट स्वीचको पहिलो चरण कार्यक्रमले नेपालमा डिजिटल भुक्तानी प्रणाली कारोबारलाई प्रविधि मैत्री बनाउन थप सहयोग पुग्ने बताए।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले विगत १३ वर्षको अन्तरालमा नेपाल क्लियरिङ्ग हाउसले नेशनल पेमेन्ट स्वीचको थालनी गर्नु धेरै राम्रो काम भएको बताए।

एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्थासँग आजै सम्झौता गरेको छ। सरकारको बजेट तथा मौद्रिक नीतीमा उल्लेख गरे अनुसार नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागि एनसीएचएललाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृति प्रदान गरिएको थियो। नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरुसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: २ मंसिर २०७८ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App