अर्थ

सिटिजन्सका ग्राहकलाई सोवामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकको कार्डबाहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहकले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा तोकिएको छुट पाउनेछन्।

बैंकको कार्ड नभएकालाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ। साथै, बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायत व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २६ कार्तिक २०७८ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App