अर्थ

माछापुच्छ्रे कृति क्यापिटलको सभा

माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा सम्पन्न सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू, आव २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति तथा आव २०७७/७८ को खुद तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ६.४ प्रतिशत नगद लाभांश वितरण गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ।

यस्तै, विशेष प्रस्तावअन्तर्गत चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर, पुँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउनेलगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनका प्रस्तावहरू पनि पारित गरेको छ। कम्पनीमा संस्थापक सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचित हुनुपर्ने प्रस्तावमा सेयरधनी शिखर इन्स्यारेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ११ कार्तिक २०७८ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App