अर्थ

सामसुङ ग्यालेक्सी एम ५२ पाइभजी नेपालमा

सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी एम५२ पाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन सामसुङको शक्तिशाली एम सिरिजअन्तर्गत नयाँ फोन हो।

ग्यालेक्सी एम ५२ पाइभजी फोन ७.४ एम एमको पातलो डिजाइनमा प्रस्तुत गरिएको छ। सेगमेन्टको उत्कृष्ट मोन्स्टर डिस्प्ले, उत्कृष्ट कार्यक्षमता तथा अझै टिकाउ हुने ब्याट्रीका साथ यो फोन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। यसअघिका फोनभन्दा यो फोन २१ प्रतिशत पातलो रहेको छ। यो फोन आइसी ब्लु तथा ब्लेजिङ ब्ल्याकमा उपलब्ध रहेको छ। 

प्रकाशित: २० आश्विन २०७८ ०१:१७ बुधबार

सामसुङ ग्यालेक्सी एम५२ पाइभजी नेपालमा पातलो डिजाइन आइसी ब्लु तथा ब्लेजिङ ब्ल्याक