अर्थ

गण्डकीका ८५ वटै स्थानीय तहमा टेलिकमको फोरजी

तिब्र रुपमा फाइबर बिछ्याउँदै

गोरखाको माथिल्लो भेगमा पर्ने ल्होमा राखिएको टेलिकमको बिटिएस टावर । तस्बिरः नागरिक

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको जनाएको छ । गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानिय तहमा टेलिकमको फोरजी सेवा पुगिसकेको पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा टेलिकमले जानकारी दिएको हो ।

प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित रैयाले जानकारी दिए । सबै स्थानीय तहमा फोरजी सेवा पुगेपनि केही पालिकाका कपितय ठाउँमा भने नेटवर्क पुगिनसकेको उनले बताए । नेटवर्क नपुगेका ठाउँहरुको पहिचान भइसकेको उनले जानकारी दिए । ‘सबै स्थानीय तहमा फोरजी सेवा पुगेपनि ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राखेर नेटवर्क पुग्ने ब्यबस्था गर्छौं,’ उनले भने ।

सह–प्रवक्ता रैयाले टेलिकमको सिममध्ये टुजी भ्वाइस, थ्रीजी भ्वाईस र डाटा तथा फोरजी डाटाबेसिस रहेको बताए । टेलिकमले सेवाको गुणस्तरसँगै प्रविधि पनि थपिरहेको जनाएको छ । उनका अनुसार पछिल्लोपटक फाइबर र फाइभजी बिस्तारको काम भइरहेको पनि छ । फाइबर तिब्र रुपमा बिछ्याउने काम भइरहेको सह–प्रवक्ता रैयाले बताए । ‘यसको गुणस्तर राम्रो भएकोले अहिले यसको डिमाण्ड बढिरहेको छ । तर डिमाण्ड अनुसार सेवा पु¥याउन नसकेपनि सक्दो प्रयास गरिरहेका छौं,’उनले भने ।  

उनका अनुसार फाइबर टु दी होम सर्भिसका लागि ११ लाख ७४ हजार साइडको लागि तयारी भएको छ भने ५ लाख ६४ हजारलाई वितरण गर्न योग्य रहेको र १ लाख ८३ हजारलाई वितरण गरिसकेको जानकारी गराए । सह–प्रवक्ता रैयाले फाइभजीको ट्रायल टेस्टको तयारी भइरहेको छ । ४ ठाउँमा परीक्षण स्थान तोकेर सेवा दिने तयारी भइरहेको उनको भनाई छ ।

टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ पनि सञ्चालनमा ल्याएको जनाएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सह–प्रवक्ता रैयाले जानकारी दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले राज्य हुनुको अनुभूति समेत दिलाइरहेको बताए । प्रहरी, प्रशासनको समेत सहज पहुँच नपुग्ने ठाउँमा पनि टेलिकमको सेवा पुगेको अधिकारीले जानकारी दिए । ‘जहाँ भाषा, भेषभुषा समेत छिमेकी देशको चल्ने ठाउँमा नेपाल टेलिकमको सेवा लिँदा त्यसले राज्य हुनुको अनुभूति दिलाएको छ,’ उनको भनाई थियो । 

उनले सबैको पहुँचमा सेवा पु¥याउन र सर्वसुलभ र सस्तो मूल्यमा सेवा दिन नेपाल टेलिकमले हरदम प्रयास गरिरहेको बताए । उनका अनुसार देशैभरका ६९२ स्थानीय तहमा मात्र फोरजी सेवा बिस्तार भएको र केही तहमा अझै पनि बाँकी रहेको अधिकारीले जानकारि दिए ।  

कोरोना संक्रमणका कारण उपकरण भिœयाउन पनि नसक्दा केही सेवा बिस्तारमा ढिलाई भईरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार मुलुकका १५ वटा स्थानीय तहमा फोरजी सेवा पु¥याउन निकै नै महंगो रकम खर्चनुपर्ने अवस्था छ । तर, पनि टेलिकमले सेवा बिस्तारमा ध्यान दिईरहेको उनले बताए ।

प्रकाशित: ३० भाद्र २०७८ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App