अर्थ

ग्रोडेली सञ्चालनमा

नेपाली उत्पादन तथा ब्रान्डलाई प्रोत्सहान र  प्रवर्द्धन गर्ने उद्देश्यले ई–कमर्स प्लेटफर्म ग्रोडेली सञ्चालनमा आएको छ। फोरएरोज इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको ग्रोडेलीले नेपाली ब्रान्डका खाद्यान्न, तरकारी, फलफूल लगायत अन्य दैनिक उपभोग्य तथा आवश्यकताका वस्तु आफ्नो वेबसाइट तथा मोबाइल एपमार्फत प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको छ।

ग्रोडेलीमा खाद्यान्न, तरकारी, फलफूल, डेरी, पेय पदार्थ, बेकरी, प्याकेज्ड फुड्स, पर्सनल तथा बेबी केयरसहित विभिन्न १० भन्दा बढी वर्ग अन्तर्गतका १५ सयभन्दा बढी सामान उपलब्ध छन्।

प्रकाशित: ४ भाद्र २०७८ ०२:५० शुक्रबार

फोरएरोज इन्टरप्राइजेज दैनिक उपभोग्य तथा आवश्यकताका वस्तु ग्रोडेली सञ्चालनमा