अर्थ

सिटिजन्स बैंकको सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।  

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने  बताइएको छ।  

प्रकाशित: १९ श्रावण २०७८ ०२:१० मंगलबार

सिटिजन्स बैंक