अर्थ

कृषि सचिव कार्कीको विदाई

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले अवकास पाएका छन्। सेवा अवधि पुरा गरेर अवकास पाएका कार्कीलाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो।

कार्कीले मन्त्रालयका नेतृत्व सम्हाले पछि दीर्घकालीन महत्व राख्ने निर्णय गर्न सफल भएका थिए। कार्कीले सविच सहित कृषि मन्त्रालय अन्तर्गतका निकायमा लामो समय काम गर्दा कृषि क्षेत्रको सुधारका लागि काम गरेको बताए। कार्की कृषि क्षेत्रका काविल सचिव हुन्।

कार्कीले मन्त्रालयको नेतृत्वमा आए पछि विषादी व्यवस्थापन नियमावली, २०७७ र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नियमावली, २०७७ तयार गरेर स्वीकृतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएका छन्। प्रांगारिक तथा जिवाणु मल निर्देशिका २०७८, बीविजन आपूर्ती तथा व्यवस्थापन निर्देशिका २०७७ जारी गरेका छन्।  कार्कीले भारतसँग रासायनिक मलमा जीटूजी गर्ने, रासायनिक मल कारखाना खोल्ने लगायतका विषयमा नीतिगत निर्णय गर्न पहल गरेका थिए।

कार्कीले आफू लामो समय कृषि क्षेत्रमा काम गरेकाले आगामि दिनमा पनि कृषि क्षेत्रमा नै काम गर्ने बताए। कृषि फार्म चलाउने योजना रहेको धारणा राखे। कृषिको व्यवसायीकरणको जग बसाउने भूमिका खेलेकोमा आत्मसन्तुष्टी मिलेको बताए। विदाई समारोहमा आफूले गरेका दुई दर्जन बढी महत्वपूर्ण नीतिगत निर्णयको फेहरिस्त सुनाएका थिए।

प्रकाशित: १८ श्रावण २०७८ ०३:२६ सोमबार

कृषिसचिव