अर्थ

निगम र हुलाक सेवाबीच सम्झौता

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसारपसार गर्नेसम्बन्धी सम्झौता भएको छ। 

आगामी जुलाई १ देखि लागू हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगममार्फत मात्र सामान तथा चिठीपत्र ढुवानी हुनेछन्।  

यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीमार्फत सो काम गराइरहेको थियो। यसबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रूपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने निगमको विश्वास छ। सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १६ असार २०७८ ०२:०० बुधबार

निगम र हुलाक सेवाबीच सम्झौता