अर्थ

नगरपालिकाले बढायो एकल पुरुष र टुहुरा बालबालिकाको भत्ता

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुष र टुहुरा बालबालिकालाई दिदै आएको भत्ता बढाएको छ। आगामी आर्थिक वर्षदेखि  एकल पुरुष र टुहुरा बालबालिका भत्ता बढाएको हो। 

एक पुरुष र बालबालिकाको ५ सय रुपैयाँ वृद्धि गरेको छ। यस अघि प्रतिमहिना १ हजार ५ सय विधुर भत्ता दिइदै आएकोमा अबको आर्थिक वर्षदेखि मासिक २ हजार रुपैयाँ दिइने नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्। जिल्लामै मेलौली नगरपालिकाले मात्रै एकल पुरुषलाई जीवन निर्वाह भत्ता दिँदै आएको छ।

नगरपालिकाले तीन वर्षयता ५० वर्षदेखि ६० वर्ष उमेर समुहका एकल पुरुषलाई पालनपोषण र जीवन निर्वाह भत्ता दिँदै आएको छ। नगरपालिकामा ८८ जना एकल पुरुष र १९ जना बुवाआमा गुमाएका टुहुरा बालबालिकाले भत्ता पाउँदै आएका छन्। आगाी वर्षदेखि बैंक खातामार्फत् भत्ता वितरण गरिने उपप्रमुख ओझाले बताइन्। 

प्रकाशित: १४ असार २०७८ ०५:५४ सोमबार

बैतडीको मेलौली नगरपालिका भत्ता