अर्थ

‘सुनको आयात र बिक्री सुरु गर’

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले वैशाख १६ देखि बन्द रहेको सुनको आपूर्ति पुनः सञ्चालन गर्न माग गरेको छ। 

निषेधाज्ञा घोषणा गरेपछि व्यापार, व्यवसाय लगायत क्षेत्रहरू बन्द भएकोले वाणिज्य बैंकहरूले बिक्री गर्ने सुनको आपूर्ति पनि बन्द भएको जनाउँदै महासंघले तालिका अनुसार सुनचाँदी, गहना जस्ता आभूषणको क्षेत्र पनि खोल्न माग गरेको हो। 

निकट भविष्यमै प्रमुख चाड–पर्वको समय पनि आउने भएकोले विगतमा बिक्री नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० किलो सुन बिक्रीको लागि अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसमक्ष महासंघले अनुरोध गरेको हो।

प्रकाशित: ९ असार २०७८ ०२:४० बुधबार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ