अर्थ

उद्योगपतिको म्युजिक भिडियो

उद्योगपति प्रभानन्द वैद्यको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायनमा रुचि राख्ने नेबिको बिस्कुट कम्पनीका अध्यक्ष वैद्यको ‘किन आज’ गीतको म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले सार्वजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले गायक वैद्य गायन क्षेत्रमा नयाँ भनिए पनि स्वर सुन्दा नयाँ जस्ता अनुभव नभएको बताए। महेशराज थापाको रचना र संगीत रहेको गीत डिजे सन्तोषले एरेन्ज गरेका छन्।

 रवि साय्मिको निर्देशनमा रहेको म्युजिक भिडियोमा ग्रिस वैद्य र रेजिशा डंगोलको प्रमुख भूमिका रहेको छ। म्युजिक भिडियो शुक्रबार साँझबाटै हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०७८ ०३:५३ सोमबार

उद्योगपतिको म्युजिक भिडियो