अर्थ

ग्रीनलाइफ हाडड्रोपावरको आईपीओ बाँडफाँट, कसलाई कति पर्यो ?

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सार्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार ग्रीनलाइफको आईपीओ आज बाँडफाँट गरिएको हो।

क्यापिटलका अनुसार हाइड्रोपावरको ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता सेयर पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन्।

आइपीओ खरिदका लागि १३ लाख २२ हजार ९७१ जना आवेदकले २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका थिए।  

माग भन्दा आवेदन धेरैपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको थियो।

 

प्रकाशित: ७ फाल्गुन २०७७ ०५:५१ शुक्रबार

आईपीओ ग्रीनलाइफ