अर्थ

तल्लो अरूण भारतीय एसजेबिएन कम्पनीलाई

सरकारले ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न लगानी बोर्डको ४६औं बैंठकले सो आयोजना निर्माणको जिम्मा भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत् निगम लिमिटेड (एसजेबिएन) लाई दिने निर्णय गरेको हो।

प्रधानमन्त्री ओली बोर्डले तल्लो अरूण जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत (बुट) मोडलमा निर्माण गर्ने गरी एसजेबिएन लिमिटेडलाई छनोट गरेको हो।

बोर्डको कार्यालयले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधामा सूचीकृत भएका कम्पनीको मूल्यांकन गरी सो निर्णय भएको बोर्डका प्रवक्ता धमेन्द्रकुमार मिश्रले बताए। यो परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुनेछ।

प्रकाशित: १८ माघ २०७७ ०२:५९ आइतबार

भारतीय एसजेबिएन कम्पनी तल्लो अरूण जलविद्युत् आयोजना