अर्थ

सुजुकीको कार किन्दा यस्ता छन् छुट

सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्जले ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ। अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आइतबारदेखि दशैं तिहारका लागि यो योजना ल्याएको हो। 

यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युन्तम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निशुल्क हुनेछन्। साथै कुनै पनी व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ विक्री कारोबार भएमा आकर्षक नगद पुरस्कारसमेत दिइन् कम्पनीले जनाएको छ।  

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने जनाइएको छ। सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्,वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्,ब्रेज्जा,एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्,इको,इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्रीबितरण गर्दै आएको छ।  

 

प्रकाशित: १२ आश्विन २०७७ ०६:५९ सोमबार

सुजुकी