टाटा अल्ट्रोज प्रिमियम ह्याच ब्याक नेपाली बजारमा आएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लिले डिजिटल प्रबिधिमार्फत आजदेखि नेपाली बजारमा यसको सार्वजनिक गरेको हो। प्रिमियम ह्याच ब्याक सेग्मेन्टको रुपमा भारतमा यसै बर्षको शुरुवातमा यो सार्वजनिक भएको थियो। सिप्रदी ट्रेडिङ्ले टाटा अल्ट्रोजको सुरुवाती मूल्य उनन्तिस लाख उन्नाईस हजार तोकेको छ। साथै सिप्रदीले आजदेखि नेपाल भरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याच ब्याक अल्ट्रोज गाडीको बुकिङ पनि खुल्ला गरेको छ।
टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो गाडी हो। यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरेअफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन्।
सिप्रदी ट्रेडिङका प्रमूख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ ज्युले भने, नेपाली बजारमा प्रिमियम क्लास ह्याच ब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं। प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका छौं। यो हाम्रो लागि महत्वपूर्ण चरण हो किन कि हामीले नयाँ इन्डष्ट्रिज बेन्चमार्क सेट गरेका छौं।‘
यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ। यसमा रहेको मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ् डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ। साथै यस सेग्मेन्ट मै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो रहेको छ। यस ह्याच ब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएको छ। आइडल स्टप/स्टार्ट बटन,क्रुज कन्ट्रोल,अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका बिशेषताहरु रहेका छन्।
प्रकाशित: २ आश्विन २०७७ ०८:०६ शुक्रबार