अर्थ

सुनको मूल्य बढेको बढ्यै, तोलाकै ९९ हजार

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य नेपाली बजारमा भने बढेको बढ्यै छ ।  

बुधबार प्रतितोला ९८ हजार ५०० मा कारोबार भएको सुनको मूल्यमा आज बिहीबार ५०० रुपैयाँ बढेको हो । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९८ हजार ५६० निर्धारण गरिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ । एकतोला चाँदीको मूल्य १ हजार २२५ निर्धारण गरिएको हो ।  

कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन लागू गरिएयता जेठ २५ गते सुन तोलाको १० हजार ४०० रुपैयाँ बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १९६२।१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१।६० मा कारोबार भएको थियो । 

प्रकाशित: १५ श्रावण २०७७ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App