अर्थ

एनसेलले ल्यायो ‘नयाँ सजिलो सिम’

एनसेलले नयाँ थिम ‘प्लस’ अन्तर्गत नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ। यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउनेछन्।

नयाँ ग्राहकहरुले कर सहित ९९ मा यो सिम लिन सक्छन्। यो योजना अन्तर्गत ग्राहकले सिम लिदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउने एनसेलले जनाएको छ।  

यो नयाँ सिम लिदा ग्राहकले २० मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन्। यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुनेछ।

ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनस स्वरुप पाउँछन्। यो डेटाको समयावधि ५ दिन रहेको छ।

यसका साथै, ग्राहकले प्रत्येक रु १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा, १०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डेटा) बोनस पाउने छन्।  

“ग्राहकहरुलाई डेटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याउन पाएकोमा हामी निकै हर्षित छौं,” एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने।  

नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, भ्वाइस सेवाको बढि आवश्यकता रहेकाका लागि ‘इन्डलेस कुराकानी प्लस’ र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरी सकेको छ।  

 

प्रकाशित: ८ श्रावण २०७७ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App