अर्थ

बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरेर यही साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

प्रकाशित: ६ श्रावण २०७७ १०:०४ मंगलबार

व्यवसायी सार्वजनिक यातायात