अर्थ

एनसेलको वायर फ्री प्लस वाइफाई

एनसेल प्राइभेटले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत वायरफ्रीप्लस वाइफाइ सेवाको लागि बुकिङ सुरुगरेको छ।  उक्त योजना अनुसार उपभोक्ताले अब चाँडैनै आकर्षक बन्डल सेवासहित गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइइ कनेक्टिभिटीअनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सेवा लिनइच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा प्रभु रेमिटमार्फत बुकिङ गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।

वायरफ्रीप्लस वाइफाई सेवामा विभिन्न सेवाको आकर्षक बन्डलिङ रहेको जनाउँदै कम्पनीले बन्डलिङ सेवा अन्तर्गत ग्राहकले दुईवटा सिमकार्ड, प्रत्येक सिममा पाँच जिबी डेटा, एनसेल नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हंगामाम्युजिक, दामीम्युजिक लगायत डिजिटल कन्टेन्टको फाइदालिन जनाएको छ।  

कम्पनीले गोल्ड, प्लाटिनम र डायमन्ड समूहमावायरलेस वाइफाई डिभाइस, सिम कार्ड र ठूलो डेटा भोलुमसँगको बन्डलिङ सहित प्री–बुकिङसमेत लिइरहेको जनाएको छ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समूहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिनवा ४२० दिनको प्याकेज लिन सक्ने र प्याकेजको शुल्क ३० दिनकालागि मान्य हुने गरी७९९ बाट सुरु हुने बताइएको छ।

प्रकाशित: २८ असार २०७७ ०३:१२ आइतबार

एनसेल वायर फ्री प्लस वाइफाई