अर्थ

असार १५ देखि सेयर बजार खुल्ने

लकडाउन सूरु भएपछि बन्द भएको सेयर बजार असार १५ गतेदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार सेयर बजार खोल्ने विषयमा अध्ययन गर्न गठन भएको समितीले बुझाव पेश गरेपछि असार १५ गतेदेखी सेयर बजार पूनः खोल्न निर्देशन दिएका हौं।  

सेयर बजारका विषयमा अध्ययन गर्न गठित समितीले गत शुक्रबार सुझाव दिएकोमा आज बसेको बोर्डको वैठकले भोलिदेखी सेयर बजार खोल्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको जनाएको छ।  

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले भोलिदेखि बजार खोल्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई निर्देशन दिएको बताए।  

लकडाउनका बीच सेयर बजार के कसरी कति अवधि खोल्ने भन्ने मोडालिटीको बारेमा नेप्सेलाई नै जिम्मेवारी दिइएको बार्डले जनाएको छ।  

सरकारले लकडाउन गरेसँगै सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने दोश्रो बजार चैतदेखी बन्द रहेको सेयर बजार विचमा दुई दिन खुलेपनि ‘सर्किट ब्रेक’ लागेपछि बन्द भएको थियो।

 

प्रकाशित: १४ असार २०७७ ०८:४० आइतबार

सेयर कारोबार