अर्थ

विकासे अड्डाको खर्च न्यून

बैतडीका विकासे अड्डाहरूको विकास खर्च न्यून रहेको छ । प्रदेश माताहत रहेका विकासे कार्यालयहरूको खर्च कोरोना भाइरस संक्रमणका कारण विकास खर्च न्यून गरेका हुन् । गत वर्ष पनि विकास बजेट खर्च गर्न नसकेका कार्यालयहरूले यो वर्षको खर्च झन निरास जनक रहेको छ ।

चालु आर्थिक वर्षको एक अर्ब ८९ करोड ९४ लाख ५६ हजार पूँजीगत बजेट मध्ये ६ करोड २५ लाख ५४ हजार ४० रुपैयाँ मात्रै खर्च गरेका छन् । यो कुल बजेटको ३६ प्रतिशतको हाराहारीमा हुन आउछ । आर्थिक वर्षको अन्तिम महिना भएकाले खर्चको दायरा बढाउन कार्यालयहरूले कामलाई तीव्रता दिए पनि कोरोना कहरले भने सोचे अनुरुप खर्च नहुने कार्यालयहरूले बताएका छन् । जिल्लामा सबैभन्दा बढी बजेट भएको पूर्वाधार विकास कार्यालयले ९७ करोड ७० लाख ७० हजार बजेटमध्ये ३० करोड १८ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

यस्तै २६ करोड एक लाख पूँजीगत बजेट भएको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ६ करोड ९७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गरेको छ । १७ करोड नौ लाख ३९ हजार बजेट भएको सहरी विकास तथा भवन कार्यालयले आठ करोड २४ लाख दुई हजार रुपैयाँ मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ४१ करोड नौ लाख पाँच हजार पूँजीगत बजेटमध्ये २१ करोड २९ लाख  रुपैयाँ खर्च भएको छ ।

स्वास्थ्य कार्यालयको एक करोड एक लाख ४५ हजार बजेट मध्ये ३० लाख ५५ हजार  रुपैयाँ खर्च भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको १४ लाख ६५ हजार चार लाख १८ हजार रुपैयाँ खर्च गरेको छ । सुख्खा फलफूल विकास केन्द्रले एक करोड ३८ लाख ५० हजार बजेटमध्ये २५ लाख ९८ हजार रुपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयको एक करोड २९ लाख ९० हजार बजेटमध्ये ५६ लाख १९ हजार रुपैयाँ खर्चिएको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहत नै रहेको कृषि ज्ञान केन्द्रले ७४ लाख ५० हजारमध्ये तीन लाख दुई सय सात रुपैयाँ खर्च गरेको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको ७७ लाख ९५ हजार मध्ये १८ लाख ४९ हजार खर्च भएको छ ।

जिल्ला अस्पतालको ७० लाख ६० हजार पूँजीगत बजेटमध्ये १७ लाख ३६ हजार मात्रै खर्च गरिएको छ । विकासे कार्यालयले अन्य महिना कम खर्च गरे पनि आर्थिक वर्ष सकिन लाग्दा भने खर्चको दायरा बढाउने गरेका छन् । असारे विकासका नाममा आर्थिक वर्ष सकिन लाग्दा खर्च गर्ने परिपाटीले विकास निर्माणका योजना दीगो हुन सकेका छैनन । असारमा मात्रै आधाभन्दा बढी बजेट खर्च गर्ने प्रवृतिले विकास निर्माणका काम गुणस्तरहीन हुने गरेको स्वतन्त्र विचार मञ्च बैतडीका अध्यक्ष गणेश ठकुरीले बताए ।

प्रकाशित: १० असार २०७७ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App