अर्थ

एनआईसी एसिया लघुवित्तकाे आइपिओ खुल्याे

लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आज (असार १०) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेकाे छ । एनआइसीले एक सय रुपैयाँ अंकितका  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्कासन गरेकाे हाे ।

सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि–आस्बा सदस्य बैंक, वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् । अनआइसीको आइपीओमा असार १४ गतेसम्म र सो अवधिमा पनि सबै सेयरका लागि आवेदन नपरेमा  असार २४ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।

केयर रेटिङ्गस नेपालले एनआइसीको आइपिओलाई औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । बिक्री प्रबन्धकमा  सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित: १० असार २०७७ ०५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App