अर्थ

धान रोपाईमा रौनक बढ्यो

महिनौ दिन लाग्ने रोपाई, दुई सातामा सकिँदै

धान रोपाईको रौनक । तस्बिर : निर्मल घिमिरे/नागरिक

सामान्य अवस्थामा खैरी चन्दनपुरका रामभरत थारु भारतमा मजदुरी गर्थे । तलब बुझेर घर पैसा पठाउँथे । घरका बृद्ध र महिला खेती किसानी जुट्थे । बल्ल तल्ल महिनौ दिन लगाएर रोपाई सक्थे । तर, सपरिवार रोपाई जुट्दा धान रोपाई गर्ने दिन छोटिएको थारुले सुनाए । यतिबेला अवस्था फेरिएको छ । रामभरतको मात्र होईन । 

रोजगारीको लागी भारत पलायन यूवा घर फर्किएपछि महिनाै दिन लाग्ने धान रोपाई चटारो दुई सातामा पुर्ण बिराम लाग्ने देखिएको छ । भारतबाट फर्केका युवामा धान रोपाईको चटारोले छोएको स्थानीय शिक्षक माधव निगमले बताए । ‘महिना दिन लाग्ने रोपाई दुई सातामा सकिन्छ’, उनले भने, ‘बैदेशिक रोजगारीका लागि गएका यूवा कृषि कर्ममा  फर्किएका छन्। यसले धानकै उत्पादन बृद्धि गर्ने विश्वास गरिएको छ ।’

रोजागारीका लागि भारत गएका खैरीचन्दनपुरका लाहानु थारु खुसीको सट्टा आसु बोकेर फर्के । १४ दिन क्वारेन्टिनमा बसे । कोरोना नदेखिएपछि घरमा आएका उनी पुर्खोली पेशा खेती किसानीमा संलग्न छन्। सामान्य अवस्था उनी घर फर्कदा कमाएका पैसा बोकेर आउथे । तर धान रोपाईमा उनको सहभागिता नहुने गथ्र्यो । भारतमा काम गर्ने यूवा यतिखेर धान रोपाई व्यस्त देखिन्छन् । यतिबेला जताततै धान रोपाईको चटारोका साथसाथै धान रोपाईमा जनशक्ति पनि फालाफाल छन् । ‘भारतबाट आउँदा आशु बोकेर आएका थिए, अहिले देशलाई श्रमको उपहार दिएका छन्’, एक स्थानीयले भने ।

पश्चिम तराईकै नगदे बाली उत्पादन अब्बल ठानिएको ठाउँ हो राजापुरको भवरा टप्पा । कर्णाली नदीले घेरिएको टापुमा धान उत्पादन मनग्य हुन्छ । पछिल्लो समय यूवा पुस्ता पलायन भएसँगै कृषि पेशामा आर्कषण घट्दै गएको थियो । यतिबेला कृषि बिकल्पमा अन्य पेशामा रोज्ने पनि कृषि कर्ममा जुटेको स्थानीय बताउँछन्। ‘अघिल्ला वर्ष कृषि कर्म हेला भएको थियो’, उनले भने, ‘अन्य पेशाबाट पलायन भएको कृषि कर्ममा वाध्य भएर लागेका छन् ।’

वर्दियामा ५० हजार हेक्टरमा धान खेती गरिन्छ । अन्नभण्डारको रुपमा परिचित राजापुरमा क्षेत्र देशभरिमा परिचित छ । जिल्ला उत्पादित आधा धान जिल्लामा खपत भएपनि आधा धान बाहिरी जिल्ला खपत भएको रेर्कडमा देखिन्छ ।

प्रकाशित: २ असार २०७७ १२:२० मंगलबार

धान रोपाई रौनक बढ्यो