अर्थ

दुई दिनको बर्षाले पाँच करोड काँंचो इटा नष्ट

बिहीबार र शुक्रबार दुई दिनको बर्षाले भक्तपुरका इटाभटाका पाँंच करोड काँंचो इटा नष्ट भएको इटा उद्योगीव्यवसायीहरुले बताएका छन् । बर्षाले इटा पारेर सुकाइराखेका खल (खाल) मा रहेका काँंचो इटाहरु नष्ट भएका हुन् । व्यवसायीहरुका अनुसार बर्षाले सालाखाला प्रति इटाभटा करिव आठ लाख काँंचो इटा नष्ट भएका छन् । यहाँं ६२ वटा इटाभटाहरु सञ्चालनमा छन् । यस हिसाबले चार करोड ९० लाख इटाहरु नष्ट भएका छन् ।  

भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले पिक आवरमा भएको वर्षाले उद्योगी व्यवसायीहरुलाई ठूलो नोक्सान पारेको बताए । ‘अहिले हामीमध्ये कतिले इटाभटामा इटा पोल्न लगाइएको आगो नै निभाउनुपर्ने अवस्था आएको छ, अध्यक्ष ह्योम्वाले नागरिकसँंग भने, ‘पोल्नका लागि पारेर खलामा सुकाइराखेको काँंचो इटाको अभाबमा भटाको आगो निभाउनुपर्ने बाध्यता आएको हो ।’

गएको पुस १० गते इटा पोल्नका लागि भटामा आगो लगाउन थालेको थियो । नियम अनुसार इटाभटामा सवैले एकैपटक आगो लगाउनुपर्छ । त्यो भन्दा अगाडि आगो लगाउन पाइँदैन । बरु नसक्नेले त्यो भन्दा पछाडि लगाए पनि हुन्छ ।  

भर्खरै मात्रै आगो लगाउन सुरु गरेकामा तुरुन्त यस्तो अवस्था आएपछि व्यवसायीहरु मर्नु र बाँंच्नु भएका छन् । अत्याधिक काम भएर धेरै इटा उत्पादन हुने यो महिनामा भएको बर्षाले उनीहरुलाई अप्ठेरो पारेको हो ।  

प्रत्येक वर्ष सालाखाला मंंसिरबाट इटा पार्ने काम सुरु हुन्छ । एक महिनासम्म इटा पारेर सुक्न थालेपछि इटाभटामा इटा पोल्न आगो लगाउने कामको थालनी हुन्छ । यसरी धेरै काम भएर aढी इटा उत्पादनको थालनीमै भएको वर्षाले इटाभटा व्यवसायीहरुलाई सास्ती पारेको हो ।

कर छुटको माग

बर्षाले काँंचो इटा नष्ट भई समस्यामा परेपछि व्यवसायीहरुले राहतको लागि कर छुटको माग राखेका छन् । भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले राहतको लागि कर छुटको माग गरे । व्यवसायीहरुले सम्वन्धित नगरपालिकामा उद्योग सञ्चालन गरेबापत प्रतिइटाभटा वार्षिक सात लाख कर बुझाउनुपर्छ ।  

यहाँंका अधिकांश इटाभटाहरु चाँंगुनारायण नगरपालिकामा पर्दछन् । उद्योग सञ्चालन गरेबापत नगरपालिकालाई प्रति इटाभटा सात लाख रुपैयाँं कर बुझाउनुपर्छ । जिल्लाका केही इटाभटाहरु सूर्यविनायक नगरपालिकामा छन् । त्यहाँं पनि नगरपालिकालाई सोही बराबरको कर वुझाउनुपर्ने व्यवसायीहरुले बताए । यो बाहेक जिल्लाका दुई पुराना नगरपालिकाहरु भक्तपुर र मध्यपुर थिमिमा घना वस्ती बसिसकेकाले इटाभटाहरु छैनन् ।  

व्यवसायीहरुले नगरपालिकाबाहेक आन्तरिक राजश्व कार्यालयमा पनि कर बुझाउनुपर्छ । उनीहरुले कार्यालयलाई नाफाको २५ प्रतिशत कर बुझाउनुपर्ने व्यवसायीहरुले जनाएका छन् । नगरपालिका र आन्तरिक राजश्व कार्यालयलाई बुझाउनुपर्ने करमा राहतको लागि छुट हुनुपर्ने माग उद्योगी व्यवसायीहरुको हो । 

प्रकाशित: ७ जेष्ठ २०७७ ११:३२ बुधबार

बर्षा उद्योगी व्यवसायी