अर्थ

राहत कार्यान्वयन गर्न तीन कार्यकारी निर्देशक परिचालन

काठमाडाैँ,- सरकारले घोषणा गरेको राहत कार्यान्वयन गराउने उद्देश्यले नेपाल राष्ट्र बै‌कले तीनजना कार्यकारी निर्देशक परिचालन गरेको छ । 

कोरोना भाइसरका कारण मुलुक लकडाउन भएपछि सर्वसाधारण बै‌क तथा वित्तीय संस्थासम्म गई सेवा लिन सक्ने अवस्था नभएका कारण ब्याजमा छुट, विप्रेषण, एटिएम, मोबाइल बै‌किङ लगायत सेवा कार्यान्वयन गराउन राष्ट्र बै‌कमा कार्यरत तीनजना कार्यकारी निर्देशकलाई फिल्डमा खटाएको जनाइएको छ । 

राष्ट्र बै‌कका अनुसार लकडाउनका अवधिभर बै‌किङ कारोबार, ब्याजमा छुट कार्यान्वयन गराउने जिम्मेवारी कार्यकारी निर्देशक देवकुमार ढकाललाई दिइएको छ । सर्वसाधारणलाई यससम्बन्धी केही समस्या भएका उनको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने राष्ट्र बै‌कले जनाएको छ । 

त्यसैगरी, विप्रेषण, टिटी ट्रान्सफर, बै‌क ट्रान्सफर तथा एलसी लगायत समस्या समाधान गर्न कार्यकारी निर्देशक बमबहादर मिश्रलाई परिचालन गरिएको छ । राष्ट्र बै‌कका अनुसार अर्का कार्यकारी निर्देशक रेवतिप्रसाद नेपाललाई एटिएम, मोबाइल बै‌किङका समस्या समाधान गर्न परिचालन गरिएको हो । 

लकडाउन अवधिभर बै‌कमा रकम जम्मा गर्ने, झिक्ने, ऋणको साँवाब्याज तिर्ने लगायत बै‌किङ कारोबारसम्बन्धी समस्या भए बै‌क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालको मोबाइल नम्बर ९८५१२८२१४० मा सम्पर्क गर्न सकिनेछ । 

त्यसैगरी, विप्रेषण (रेमिट्यान्¬स), विदेशी मुद्रा सटही टिटी, प्रतीतपत्र लगायत विदेशी विनिमय कारोबारसम्बन्धी समस्या भएका राष्ट्र बै‌कका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादर मिश्रलाई ९८५१०७९७३ मा सम्पर्क गर्न सकिने राष्ट्र बै‌कले जनाएको छ । 

राष्ट्र बै‌कका अनुसार मोबाइल÷इन्टरनेट बै‌किङ, डेबिट, क्रेटिड कार्ड, एटिएम लगायत विद्युतीय बै‌किङ कारोबारमा समस्या आए भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपालको मोबाइल नम्बर ९८४१३७७६३९ मा सम्पर्क गर्न सकिने छ । 

लकडाउनका बेला सर्वसाधारणलाई बंैकिङ कारोबारमा केही समस्या परे तत्काल समाधान गर्ने उद्देश्यले तीनजना कार्यकारी निर्देशक फिल्डमा खटाएको राष्ट्र बंैकका प्रवक्ता गुणाकर भट्टले बताए । 

नियमित रिपोर्टिङ गर्नुपर्ने
नेपाल राष्ट्र बै‌कले मुलुकका सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई दैनिक रिपोर्टिङ गर्न निर्देशन दिएको छ । सरकारले लकडाउनको घोषणा गरेपछि अवस्था सामान्य भएको सात दिनभित्र रिपोर्टिङ गर्न निर्देशनको राष्ट्र बै‌कले बिहीबार उक्त व्यवस्थाका कारण बै‌किङ क्षेत्रको विषयमा जानकारी नभएको भन्दै दैनिक रुपमा रिपोर्टिङ गर्न अर्को सूचना जारी गरेको हो । 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको असर मूल्यांकन, अध्ययनका लागि वित्तीय क्षेत्रको तथ्यांक आवश्यक भएकाले सम्पूर्ण बै‌क तथा वित्तीय संस्थालाई नियमित रुपमा रिपोर्टिङ गर्न सूचना जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित: ५ वैशाख २०७७ ०४:०० शुक्रबार

राहत काेराेना_भाइरस