अर्थ

ब्रान्ड नेपालमा अवलोकनकर्ताको भीड

रेडियो नागरिक ९६.५ द्वारा आयोजित ‘ब्रान्ड नेपाल गो लोकल २०१९’ इभेन्ट। तस्बिरः ऋषि/नागरिक

काठमाडौं– रेडियो नागरिक ९६.५ द्वारा आयोजित ‘ब्रान्ड नेपाल गो लोकल २०१९’ इभेन्टमा अवलोकनकर्ताको भीड लागेको छ।

शनिबार ठमेलको छायाँ सेन्टरमा इभेन्ट आयोजना भएको हो। बिहान ११ बजेदेखि सञ्चालन भएको इभेन्ट साँझ ५ बजेसम्म जारी रहने छ।

इभेन्टमा नेपालमै उत्पादित विभिन्न उत्पादनहरुको स्टल राखिएका छन्। ह्यान्डिक्राफ्ट, लत्ताकपडा, फुड, सजावटका विभिन्न सामाग्री, उपहारजन्य उत्पादनले स्टल सजिएका छन्।

इभेन्टले नेपाली उत्पादनहरुको बजार विस्तारमा सहयोग पुर्‍याउने आयोजकको विश्वास छ। ती सामाग्रीहरु ५० प्रतिशतसम्म छुटमा बिक्री गरिएको आयोजकले बताएको छ। 

‘नेपाली ब्रान्डको बजार विस्तारमा यो इभेन्टले सहयोग गर्ने छ’ इभेन्ट संयोजक प्रेसा श्रेष्ठ भन्छिन्,‘यस्ता मेलाले नेपाली उद्योगीहरुको मनोबल वृद्धि गर्ने छ।’ उनले मेलामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको समेत जानकारी दिइन्।

मेलामा विभिन्न संगीतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिको छ। त्यस्तै वालबालिका तथा अवलोकनकर्ताका लागि मनोरञ्जनका विभिन्न खेलहरु समेत समावेश गरिएको छ।  

इभेन्टबाट नेपाली व्यवसायीहरु पनि खुशी देखिएका छन्। ‘हाम्रो उत्पादन पनि विदेशी ब्रान्डभन्दा कमजोर छैन’ व्यवसायी रुजला दाहाल भन्छिन्,‘मेलाबाट हाम्रो ब्रान्डको विस्तारमा सहयोग मिल्ने अपेक्षा राखेका छौं।’

इभेन्टको मुख्य स्पोनन्सर हिरो एक्स पल्स २०० रहेको छ। रेडियो नागरिकले इभेन्ट दोस्रो पटक आयोजना गरको हो।

प्रकाशित: १२ पुस २०७६ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App