अर्थ

भक्तपुरमा चार सय ७२ सहकारी

भक्तपुर – भक्तपुरमा चार सय ७२ सहकारी संस्था रहेको बताइएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव जगनाथ प्रजापतिका अनुसार तीमध्ये जिल्ला संघमा एक सय ९८ सदस्य रहेका छन्।

समदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं साधारण सभामा उनले उक्त जानकारी दिएका हुन्। साधारणसभाको उद्घाटन जेष्ठ सदस्य पशुपतिभक्त रायको प्रमुख आतिथ्यतामा आठजना जेष्ठ सदस्य र आठ बाल सदस्यले संयुक्त रुपमा गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले सहकारीले नाफालाई मात्र केन्द्रित नगरी विकृति र बिसंगति तथा लागु पदार्थतर्फ उन्मुख युवालाई सचेत पार्नुपर्नेमा जोड दिए। संस्थाका प्रबन्ध निर्देशक हरिराम लवजुले समदर्शीमा नै सदस्य किन ? के हो ? भन्दै हरेक सदस्यको समस्या समाधान गर्ने नसके सो विषयमा अभिमुखीकरण गरी बाटो देखाउने कार्य गरिरहेको बताए।

प्रकाशित: ६ आश्विन २०७६ ०१:५३ सोमबार

भक्तपुर सहकारी