अर्थ

ग्रामीण विकास लघुवित्तको सेयर बेच्दै राष्ट्र बैंक

काठमाडाैं – नेपाल राष्ट्र बैंकले आफूसँग रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकसँग उक्त संस्थाको दुई लाख ९९ हजार नौ सय ८२ कित्ता सेयर छ। उक्त संस्थापक सेयर बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार उक्त सेयरको न्यूनतम प्रतिसेयर मूल्य एक सय रुपैयाँ निर्धारण गरिएको छ।सेयर खरिद गर्न आगामी कात्तिकदेखि संस्थापकहरुले निवेदन दिनु पर्नेछ। संस्थापकहरुले सेयर खरिद नगरे सर्वसाधारणलाई बेच्ने राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित: २ आश्विन २०७६ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App