अर्थ

सहकारीको रकम उत्पादनमा लगाउनुहोस्– मन्त्री अर्याल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मारकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरकी छिन्। नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका अवसरमा बिहीवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राखेकी हुन्। ‘सहकारीको पुँजी अब उत्पादनमा लगानी गर्नुहोस्,’ मन्त्री अर्यालले भनिन्।

मन्त्री अर्यालले आफ्नो गृह जिल्ला स्याङ्जामा एकीकृत गरेर कागती खेती शुरू गरिसकेको बताइन्। तीन गाउँका जमिन एकीकरण गरेर कागती खेती सुरु गरेको बताइन्।

दुई पत्रकार पुरस्कृत
समाजको स्थापना दिवसको अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। नेपाल सहकारी पत्रकार समाजले स्थापना गरेको ’सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई प्रदान गरिएको छ। त्यस्तैगरी संस्थाका संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको थियो।  मन्त्री अर्यालले दुवै पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन्।

प्रकाशित: २० भाद्र २०७६ ०२:२१ शुक्रबार

सहकारी_क्षेत्र उत्पादनमा