अर्थ

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

फाइल फोटो

काठमाडौँ – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा काराेवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। साताको  पहिलो दिन कारोवार मापक नेप्से ११,६३ विन्दुले घटेर एक हजार १८४,७८ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत १,९५ विन्दुले घटेर २५९,२९ मा पुगेको हो।

नेप्से परिसूचक घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ। कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर उकालो लागेको छ। सो उपसमूहको १,४७ विन्दुले बढेको छ। यस्तै बैंकिङ ७,१४ होटल ३५,९६ विकास बैंक ३,३२ जलविद्युत् १९,७३ निर्जीवन बीमा ८०,०७ उत्पादन ४०,४६ अन्य ४,५लघुवित्त १३,०४, जीवन बीमा १४३,४९ र सामूहिक लगानी कोष ०,०८ विन्दुले घटेको छ।

स्टकका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ। सो कम्पनीको १ करोड ९७ लाख तीन हजार २०५ बराबरको कारोवार भई शीर्षस्थानमा रहेको हो। यस्तै, शिवम् सिमेन्ट १ करोड १९  लाख ६७ हजार ४६०, प्रभु बैंक १ करोड पाँच लाख १४ हजार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर १ करोड तीन लाख र कुमारी बैंक  ९३ लाख ५१ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहेको छ ।

स्टकका अनुसार आज सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाएको छ। सो संस्थाका शेयरधनीले ९,९८ प्रतिशतले कमाए। युनाइटेड फाइनान्स ९,७१गरिमा विकास लघुवित्त वित्तीय संस्था ४,९०आँधीखोला लघुवित्त वित्तीय संस्था ३,७७कर्णाली डेभलपमेन्ट बैंक २,८८ घलेम्दी हाइड्रोका शेयरधनीले २,७४ प्रतिशतले कमाएको छ।त्यस्तै साञ्जेन जलविद्युत् कम्पनी ६,४० रसुवागढी हाइड्रोपावर ५,९४ ओरियण्टल होटल ५,५१ हिमालयन पावर पार्टनर ५,४० एनएलजी इन्स्योरेन्स ४,८२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ४,७६ प्रतिशतले गुमाएको छ।रासस

प्रकाशित: १५ भाद्र २०७६ ११:४९ आइतबार

नेप्से ओरालो_लाग्दै धितोपत्र_बजार कारोबार