अर्थ

शेयर बजार : नेप्सेमा झिनो सुधार

काठमाडौँ– शेयर बजारमा आज झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.३४ विन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०५ विन्दुले बढेर २७७.६१ मा पुगेको छ।

नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रहेको छ। कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर ५१ करोड ९५ लाख ५६ हजार ७९३ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार आज तीन उपसमूहको शेयर ओरालो लागेको छ। यस्तै आठ उपसमूहको शेयरमा भने वृद्धि भएको छ।

बैंकिङ ०.९६, निर्जीवन बीमा १५.८९, जीवन बीमा २८.६२ विन्दुले घटेको छ। होटल ०.९६, विकास बैंक १.८१, जलविद्युत् २.८८, वित्त १.२७, उत्पादन ३७.६६, अन्य तीन लघुवित्त ०.८१ र सामूहिक लगानी कोष ०.४३ विन्दुले बढेको छ। कारोवारका आधारमा आज शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ। सो कम्पनीको सात करोड ३१ लाख ७८ हजार २४३ रुपैयाँ, प्रभु बैंकको छ करोड ४१ लाख १४३ रुपैयाँ, नेपाल बैंक लिमिटेडको दुई करोड ६१ लाख १२ हजार २९० रुपैयाँ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको  एक करोड ९६ लाख ४५ हजार ८०४ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८३ प्रतिशतले कमाए। कर्णाली डेभलपमेन्ट बैंक ८.३३, गुर्खाज फाइनान्स ७.२१, सानिमा इक्विटी फण्ड ६, एनएमबी हाइब्रिड फण्ड ६, सिद्धार्थ इक्विटी फण्डका शेयरधनीले समेत ६ प्रतिशतले कमाएका छन्। त्यस्तै सिद्धार्थ पावर डेभलपमेन्ट कम्पनी ८, छ्याङदी हाइड्रोपावर ७.३३, आँखु खोला जलविद्युत् कम्पनी ४.९३, रिलायन्स फाइनान्स ३.८३ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३० प्रतिशतले गुमाएका छन्।

प्रकाशित: १३ जेष्ठ २०७६ ११:१७ सोमबार

शेयर_बजार स्टक_एक्सचेन्ज नेप्से