अर्थ

शेयर बजारः पाँच अङ्कले घट्यो

काठमाडाैं– धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८९ विन्दुले घटेर २८० दशमलव ३८ अङ्कमा झरेको छ। कूल १७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता शेयर ९३ करोड २६ लाख ४४ हजार ८८७ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ। होटल ३५ दशमलव ८३, निर्जीवन बीमा ३ दशमलव ७१, अन्य शून्य दशमलव ९२, लघुवित्त एक दशमलव ७० र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई विन्दुले घटेको छ।

यस्तै बैंकिङ शून्य दशमलव ९५, व्यापार शून्य दशमलव शून्य आठ, विकास बैंक नौ दशमलव २०, जलविद्युत् ६४ दशमलव ७८, वित्त ७ दशमलव शून्य पाँच, उत्पादन शून्य दशमलव पाँच र जीवन बीमा ४४ दशमलव ५३ अङ्कले घटेको छ।

स्टकका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १५ करोड ५९ लाख ६४ हजार ८४८ रुपैयाँ, हिमालयन डिस्टिलरी सात करोड तीन लाख ३४ हजार २३० रुपैयाँ, नेपाल बैंक लिमिटेड छ करोड १४ लाख ७१ हजार ९९५ रुपैयाँ, कृषि विकास बैंक चार करोड १० लाख ३२ हजार २७ रुपैयाँ, शिवम् सिमेन्ट तीन करोड ९७ लाख ९२ हजार ९२६ रुपैयाँ र जनता बैंकको दुई करोड ९३ लाख ६० हजार ४०४ रुपैयाँ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९५ प्रतिशतले कमाए। यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ६३, सिभिल लघुवित्त वित्तीय संस्था ४ दशमलव ९३, समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ४५ प्रतिशतले कमाए।

यस्तै आजदेखि कारोवार शुरु भएको हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ९ दशमलव ७२, हिमालयन पावर पार्टनर ९ दशमलव ७०, घलेम्दी हाइड्रो पावर ८ दशमलव ५७, युनाइटेड मोदी ८ दशमलव ५२ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ७ दशमलव ६९ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ १०:४७ बिहीबार

धितोपत्र_बजार नेप्से