अर्थ

रसुवागढीको सेयर सबै आवेदकलाई ४० कित्ता

काठमाडौं–रसुवागढी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने सबै आवेदकलाई ४० कित्ता सेयर परेको छ। आज भएको आईपीओ बाँडफाँडबाट आवेदन दिने सबै लगानीकर्तालाई न्यूनतम ४० कित्ता सेयर परेको हो। रसुवागढी हाइड्रोपावरमा कुल दुई लाख ९१ हजार दुई सय २६ जनाले आवेदन दिएका थिए।  रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर निष्कासन गरेको थियो।

स्वीकृत आवेदनमध्ये ४० कित्तासम्म सबै आवेदकलाई परेको छ। ५० कित्तादेखि पाँच हजार कित्तासम्मका आवेदकलाई गोलाप्रथा द्वारा २५ हजार ६ सय ९३ जना आवेदकलई थप १० कित्ता सेयर परेको छ। उनीहरूलाई दुई करोड ५६ हजार नौ सय ३० कित्ता सेयर बाँडफाँट गरिएको छ।

 

प्रकाशित: १९ वैशाख २०७६ ११:३४ बिहीबार

रसुवागढी सेयर