अर्थ

दाङमा अजोड इन्स्योरेन्सको शाखा

काठमाडौं – अजोड इन्स्योरेन्स लिमिटेडले दाङमा शाखा खोलेको छ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष रामप्रसाद चालिसे र अजोड इन्स्योरेन्सका सञ्चालक रामबहादुर गुरुङले संयुक्त रुपमा शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। सो अवसरमा अजोडका दाङ शाखा प्रमुख शिशिरकुमार लामिछानेले स्वागत मन्तव्य राखेका थिए।

प्रकाशित: १२ वैशाख २०७६ ०२:५८ बिहीबार

अजोड_इन्स्योरेन्स_लिमिटेड तुलसीपुर_उपमहानगरपालिका घनश्याम_पाण्डे उद्योग_वाणिज्य_संघ