अर्थ

जगदम्बा स्टिलको डेढ लाख सहयोग

बारा – आइतबार राति बारामा आएको हावाहुरीबाट पीडित बनेकाहरुको सहयोगका लागि जगदम्बा स्टिल प्रालिले शुक्रबार जिल्ला प्रशासन कार्यालय बारामा एक लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ।

दैवीप्रकोप उद्धार समितिमा जम्मा गर्न एक लाख ५० हजारको चेक जगदम्बा स्टिलका निर्देशक पवन गुप्ताले बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरेका हुन्।

चेक बुझ्दै प्रजिअ पौडेलले जगदम्बा स्टिल ठूलो उद्योग रहेको र हावाहुरी पीडितले उद्योगबाट ठूलो सहयोगको अपेक्षा गरेको बताए। उनले जगदम्बा स्टिले गरेको निःशुल्क खाना खुवाउने कार्य र दैवीप्रकोप उद्धार समितिलाई दिएको एक लाख ५० हजार रकमबाट पीडितको घाउमा मलम लगाउने कार्यमा सहयोग गरेको बताए।

प्रजिअलाई चेक हस्तान्तरण गर्दै निर्देशक गुप्ताले जगदम्बा स्टिलले पीडितहाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेको बताए। हावाहुरी पीडितलाई आवश्यक सहयोग गर्न उद्योग तयार रहेको प्रतिबद्धता गुप्ताले गरे।

प्रकाशित: २४ चैत्र २०७५ ०७:०८ आइतबार

जगदम्बा_स्टिल हावाहुरी सहयोग