अर्थ

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुत्तानी

काठमाडौ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बाल भविष्य योजनाअन्तर्गत मृत्यु दाबी भुक्तानी बापत तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ। बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिनबहादुर थापाकी श्रीमती भिमकुमारी थापालाई उनका बिमित छोरीको हकमा उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

बर्दिबास नगरपालिका मिनबहादुर थापाकी धर्मपत्नी भिमकुमारी थापालाई प्रदेश सांसद शारदा थापा, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले संयुक्त रुपमा बिमांक रकम बापत दुई लाख ५० हजार र काजकिरिया खर्च सुविधा अन्तर्गतको ५० हजार गरी तीन लाखको चेक हस्तान्तरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ चैत्र २०७५ ०८:१० शुक्रबार

सिटिजन_लाइफ_इन्स्योरेन्स_कम्पनी_लिमिटेड मृत्यु भुत्तानी