अर्थ

शिवमकाे चौथो लक्की–ड्र

काठमाडौं - ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गत चौथो चरणको लक्की ड्र सकिएको शिवम् सिमेन्टले जनाएको छ । 

६१ भाग्यशाली कुपन विजेतामार्फत एक सय २२ जना विजेताको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ । यस योजनाअन्तर्गत भाग्यशाली विजेताले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टरमार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् । चौथो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारको सहभागितामा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी पोखराबाट उक्त विजेताको नाम सार्वजनिक गरेको जनाएको छ। यसअघि काठमाडौं, हेटौंडा र जनकपुरमा भएको लक्की–ड्रमा तीन सय ६० जना भाग्यशाली विजेता छनोट गरी अधिकांशले हेलिकप्टरमार्फत गोसाइँकुण्ड देवदर्शन यात्रा गरिसकेको कम्पनीले जनाएको  छ।  

यस योजनामा हालसम्म दुई सय ४० कुपनमार्फत चार सय ८० जना छनोट भइसकेका छन् । यस योजनाअन्तर्गत जम्मा चार सय ८२ जना भाग्यशाली विजेताको छनोट गर्नुपर्ने भए पनि उपभोक्ताको उत्साहजनक सहभागिताका कारण काठमाडौं–गोसाइँकुण्ड यात्रा अन्तर्गत दुई सय दुई जना थप गरी ६ सय ८४ जना भाग्यशाली विजेता छनोट हुनेछ कम्पनीको भनाइ छ। अझै एक सय दुई कुपनअन्तर्गत दुई सय चारजनाका लागि हेलिकप्टरबाट गोसाइँकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ।शिवम् सिमेन्टले गत पुस ५ गते ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०५:५८ आइतबार

शिवम्_सिमेन्ट उपभोक्ता_योजना लक्की_ड्र