काठमाडौं - गोर्खा बियरले ‘नेपाली पन, गोर्खाली मन’ क्याम्पेनलाई स्थानीय रुपमा ब्रान्डिङ गर्ने भएको छ । जातीय भाषालाई क्याम्पेनको मुख्य सञ्चारमा प्रयोग गर्दै ब्रान्ड क्याम्पेनलाई बढी स्थानीयकरण गर्न र देशभरका विविध समूहलाई सुहाउँदो बनाउने सोच ब्रान्डको रहेको छ ।
ब्रान्डले पहिलोपटक आफ्नो ‘मास क्याम्पेन’लाई क्षेत्रीय जातीय जनसंख्यासमक्ष पुर्याउने कोसिस गरेको जनाएको छ । कुनै पनि संस्कृतिको सबैभन्दा मुख्य कुरा भनेकै भाषा भन्ने तथ्यलाई प्रस्ट पार्दै नेवारी, गुरुङ, तामाङ, लिम्बु, मैथिली, भोजपुरी, थारु जस्ता क्षेत्रीय भाषामा समेत प्रस्तुत गर्ने जनाएको छ ।
प्रकाशित: २३ फाल्गुन २०७५ ०६:११ बिहीबार