अर्थ

महिन्द्राद्वारा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं – महिन्द्राले नेपालमा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरुलाई शनिबार ‘महिन्द्रा अचिभर्स नाइट’ आयोजना गरी सम्मान गरेको छ। 

ती व्यक्तित्वहरुले आ–आफ्नो क्षेत्रमा सफलता प्राप्त गरी देशको शीर उच्च बनाएकाले सम्मान गरिएको कम्पनीले जनाएको छ। महिन्द्राले खेलकुद क्षेत्रका क्रिकेट खेलाडी पारश खड्का, फुटबलर अन्जिला सुब्बा र साबित्रा भण्डारीलाई एक्सिलेन्स इन्–स्पोर्टस सम्मान दिएको छ। संगीतकर्मी लोचल रिजाल र अभिनेतृ स्वस्तिमा खड्कालाई एक्सिलेन्स इन्–इन्टरटेन्मेन्ट अवार्ड दिइएको छ। क्यान्सर रोग जितेर सामाजिक सेवाका काममा सक्रिय कलाकार मनिषा कोइरालाई एक्सिलेन्स इन्–सोसल कज अवार्ड दिइएको छ। 
सो अवसरमा महिन्द्राले ग्राहकलाई पनि सम्मान गरेको थियो। यस अन्तर्गत महिन्द्रा ट्याक्टरका ग्राहक नरहरि भण्डारी र इन्दिरा बस्नेत तथा स्वराज ट्याक्टरका ग्राहक शान्तिदेवी शाह सम्मानित भएका छन्। 

पर्यटन प्रवद्र्धन अवार्ड महिन्द्राका स्कर्पियो ग्राहक रोशन घिमिरेलाई दिइएको छ। महिन्द्राको थार गाडीकी ग्राहक टिना मास्केले अफरोड अवार्ड इन्–एड्भेन्चर टुरिजम पाइन्। उद्यमशील अवार्ड अन्तर्गत बलेरो पिकअपका ग्राहक पम्फा देबकोटा र बिष्णु श्रेष्ठ, महिन्द्रा लोड किङका ग्राहक साजन पौडेल, सुप्रो म्याक्सिमोका ग्राहक श्याम प्रसाई, टुक्सोका ग्राहक रामेश्वर सेढाईंलाई सम्मान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:३५ मंगलबार

महिन्द्रा सम्मान पारश_खड्का अन्जिला_सुब्बा साबित्रा_भण्डारी