अर्थ

शिवम् सिमेन्टको तेस्रो चरणको लक्की–ड्र सम्पन्न

काठमाडाैं - शिवम् सिमेन्टले “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरेको छ। यस अघि नै पहिलो र दोस्रो चरणको लक्की–ड्र गरी २४० जना छनौटमा परिसकेका छन्। यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन्।

तेस्रो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी जनकपुरबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरेको हो। यस अघि नै काठमाडौं र हेटौंडामा भएको लक्की–ड्र मा २४० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरिसकेका छन्।

यस योजनामा हालसम्म १८० कुपन मार्फत ३६० जना छनौट भैसकेका छन् भने अझै १२२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ। शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो। 

प्रकाशित: २८ माघ २०७५ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App