अर्थ

टिकेन नेप्सेको सुधार, आज पनि दोहोरो अंकको गिरावट

काठमाडाैं- गतसाता उत्साहजनक बृद्धि देखिएको नेपालको शेयर बजार यो साताका २ दिन लगातार दोहोरो अंकले नै घटेको छ। आईतबार १०.६२ अंकले घटेको परिसूचक आज सोमबार १७.२६ अंकले घटेर ११ सय ८७.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

लामो समय निरास बजार सामना गरिरहेका लगानीकर्ता तत्काल नाफा सुरक्षित गर्नेतर्फ लाग्दा पनि बजार ओरालो लागेको देखिन्छ।


शेयर बजारको सिथिलता कम गर्न नेपाल राष्ट्रबैंकले शेयर धितो कर्जाको मापदण्ड केही खुकुलो बनाएको थियो भने वैंकहरुको व्याजदर पनि उच्च हुन नदिने गरी कदम चाल्न बैंकरहरुलाई निदेर्शन गरेको थियो। यीनै गतिविधिपछि उर्लिएर १२ सय माथि पुगेको सूचक आज ११ सय ८७मा आईपुगेको छ। बैंकहरुले शेयर बजारमा लगानी गर्न खासै चासो नदेखाएका र व्याजदर पनि अपेक्षाकृत नघटेकाले शेयर लगानीकर्ताले सहजरुपमा ऋण नपाएको बताउँछन्। यसकै कारण वृद्धि नटिकेको हो।

यसबाहेक लामो समय निरास बजार सामना गरिरहेका लगानीकर्ता तत्काल नाफा सुरक्षित गर्नेतर्फ लाग्दा पनि बजार ओरालो लागेको देखिन्छ। आज १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयरहरु ४०करोड ३ लाख ८४ हजार रुपैयाँमा किनबेच भएको नेप्सेले जनानएको छ।

समूहगत परिसूचकमा ३ सूचक बाहेक सबै घटेका छन्। सबैभन्त्दा धेरै निर्जीवन बिमा समूह सूचक १६० अंकले घटेको छ। जीवन बिमा समूह १५३ अंकले घटेको छ।  बैंकिङ समूह १४.९४ अंकले ओरालो लागेको छ। विकास बैंक १३ अंकले घटेको छ।
सोमबार नेपाल लाईफ इन्स्योरेन्सका २ करोड ८८ लाख ५५ हजार रुपैयाँ र नेपाल बैंकका २ करोड ३८ लाख ४७ हजार रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

प्रकाशित: १६ पुस २०७५ ०९:४२ सोमबार

शेयर नेपाल_स्टक_एक्सचेन्ज