अर्थ

नेपाल ल्युब आयलकाे २७ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं - नेपाल ल्युब आयल लिमिटेडको २७ औं बार्षिक साधारणसभा गत विहिवार सम्पन्न भएको छ। पुल्चोकको याक प्यालेसमा सम्पन्न साधारणभामा लिमिटेका प्रमुख तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी, कम्पनीका उच्च अधिकारीहरु लगायत शेयरधनीहरुकोे सहभागिता रहेको थियो।

सो अवसरमा कम्पनीले शेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिने समेत घोषणा गरेको छ। कम्पनीले ३० प्रतिशत प्रति शेयर नगद लाभांश र १० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख चौधरीले नेपालमा लुब्रिकेन्टको व्यवसाय प्रतिष्पर्धात्मक रहेको भएतापनि गल्फ लुब्रिकेन्ट्सका उच्च स्तरीय उत्पादनले यो आर्थिक वर्षमा मात्रै २६ सय बढी किलोलिटर बिक्रि भएको बताए। उनले गल्फ लुब्रिकेन्टले पाएको यो सफलताले यसलाई देशकै नम्बर एक लुब्रिकेन्ट ब्रान्ड बनाएको समेत दाबी गरे।

 

प्रकाशित: १५ पुस २०७५ १५:३० आइतबार

नेपाल_ल्युब_आयल_लिमिटेड साधारणसभा